पेट्रोलियम आयातमा ५०% कर छुट, मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको कदम
काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बढ्दो इन्धन घाटा र मूल्यवृद्धिको चाप कम गर्न यस्तो निर्णय गरेको हो।

सरकारका अनुसार पछिल्लो १५ दिनमै नेपाल आयल निगमले करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा व्यहोरेपछि कर छुटको निर्णय लिन बाध्य भएको हो।
साथै, इन्धन खपत घटाउन उच्च पदस्थ अधिकारीहरूको इन्धन कोटा कटौती गरिसकिएको छ भने आवश्यकता परे ‘जोरबिजोर प्रणाली’ लागू गर्न सकिने संकेत गरिएको छ।
सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधनको प्रयोग बढाउन नागरिकलाई आग्रह समेत गरेको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस