Techie IT
गृहपृष्ठसमाचारपौडी खेल्ने क्रममा बेपत्ता विद्यार्थी मृत अवस्थामा भेटिए

पौडी खेल्ने क्रममा बेपत्ता विद्यार्थी मृत अवस्थामा भेटिए


नुवाकोट — साथीहरुसँग पौडी खेल्ने क्रममा बेपत्ता भएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ कात्तिकेका आशिष घिमिरे मृत अवस्थामा फेला परेका छन्।
फागुन २१ गते विद्यालयबाट साथीहरुसँग त्रिशुली नदी मा पौडी खेल्न गएका घिमिरे सोही दिनदेखि बेपत्ता भएका थिए। खोजी कार्यका क्रममा उनको शव र्सिखाली स्थित नयाँ पुल नजिक फेला परेको स्थानीयले बताएका छन्।
मृतक घिमिरेको शव अहिले पोस्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घिमिरे शहिद जगत प्रकाशजंग शाह संस्कृत मावि, विदुर नगरपालिका–५, देवीघाट मा गुरुकुलमा बस्दै कक्षा ८ मा अध्ययनरत विद्यार्थी थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस