Techie IT
गृहपृष्ठसमाचारनुवाकोट–१ मा रास्वपाका डा. विक्रम तिमिल्सिना अगाडि,

नुवाकोट–१ मा रास्वपाका डा. विक्रम तिमिल्सिना अगाडि,


नुवाकोट–१ मा कडा प्रतिस्पर्धा : रास्वपाका डा. विक्रम तिमिल्सिना अगाडि, बाँकी दुई पालिकाले नतिजा तय गर्ने

नुवाकोट ।नुवाकोट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा कडा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म ककनी, तादी, दुप्चेश्वर र पञ्चकन्या गाउँपालिका तथा लिखु गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सकिएको छ।

हालसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना (घण्टी) १३ हजार ६८३ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका डा. प्रकाशशरण महत (रुख) ले ११ हजार ३४२ मत प्राप्त गरेका छन्। दुवैबीचको मतान्तर २ हजार ३४१ रहेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ (तारा) ले ९ हजार २८३ मत ल्याएका छन् भने नेकपा एमालेका बद्री मैनाली (सूर्य) ले ५ हजार ६२० मत प्राप्त गरेका छन्।

अब लिखु गाउँपालिकाका बाँकी चार वडा, शिवपुरी गाउँपालिका र सूर्यगढी गाउँपालिकाको मतगणना हुन बाँकी छ। बाँकी यी क्षेत्रको मतले अन्तिम नतिजा तय गर्ने भएकाले प्रतिस्पर्धा झन् रोचक बनेको छ।

विशेषगरी नेपाली कांग्रेसका उम्मेदवार डा. महतको जन्मथलो क्षेत्रबाट अपेक्षाअनुसार मत नआएपछि लिखु क्षेत्रमा कांग्रेस कमजोर देखिएको छ। यसले रास्वपाका तिमिल्सिनालाई निकै सहज बनाएको देखिन्छ।

यद्यपि बाँकी दुई पालिकाबाट मत फर्किन सक्ने भएकाले कांग्रेस समर्थकहरू अझै झिनो आशामा छन्। समग्र अवस्थालाई हेर्दा नुवाकोट–१ को अन्तिम परिणाम हजार मतको आसपासमै सीमित हुन सक्ने अनुमान गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस