ककनीमा नेकपाबाट रास्वपामा प्रवेश गर्ने बढे, नुवाकोट–१ को चुनावी समीकरण फेरिँदै
नुवाकोट — ककनी गाउँपालिकामा पछिल्लो समय देखिएको दल–परिवर्तनले नुवाकोट निर्वाचन क्षेत्र नं. १ को चुनावी माहोल थप रोचक बनेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ठूलो संख्यामा नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि स्थानीय राजनीतिक समीकरण बदलिएको विश्लेषण गरिएको छ।
रास्वपाबाट नुवाकोट–१ मा उम्मेदवारी दिएका डा. बिक्रम तिमिल्सिना ले पार्टीप्रति बढ्दो जनसमर्थनका कारण आफूहरू जितको नजिक पुगेको दाबी गरेका छन्। उनले ककनीमा देखिएको उत्साह र नयाँ प्रवेशले समग्र क्षेत्रमै सकारात्मक सन्देश प्रवाह भएको बताए।
ककनी गाउँपालिका सचिव शिशिर फुयाल का अनुसार विगत दशकदेखि बलियो प्रभाव जमाएको नेकपाको आधार कमजोर बन्दै गएको छ। “ककनी अहिले रास्वपा–मय बनेको छ,” उनले भने, “गाउँ कमिटी विस्तार र संगठन सुदृढीकरणमा हाम्रो टोलीको महत्वपूर्ण भूमिका रहेको छ।”
स्थानीय तहमा देखिएको यो राजनीतिक ध्रुवीकरणले आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत दिएको छ। मतदाताको धारणा र अन्तिम चुनावी रणनीतिले नुवाकोट–१ को परिणाम निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस