बद्री मैनालिले स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै प्रतिबद्धता गरे सार्वजनिक
नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार बद्री मैनालीले स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले “मेरो प्रतिबद्धता” शीर्षकसहित सार्वजनिक गरेको सन्देशमा सबैका लागि निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने वाचा गरेका हुन्।
मैनालीले आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको सार्वभौमिक पहुँच सुनिश्चित गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्ने, मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने र निःशुल्क औषधि आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्य सेवा पहुँच र गुणस्तर सुधार नै आफ्नो प्राथमिकता भएको उल्लेख गर्दै उनले राज्यले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्। स्थानीय तहदेखि केन्द्रसम्म समन्वय गरेर स्वास्थ्य पूर्वाधार सुदृढ बनाउने र ग्रामीण भेगसम्म सेवा विस्तार गर्ने योजना समेत अघि सारेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै मैनालीले मतदातासँग स्वास्थ्य क्षेत्रमा सुधारका लागि सहयोग र समर्थनको अपिल गरेका छन्।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस