Techie IT
गृहपृष्ठसमाचारहातमा वर्दी, मनमा क्रिकेट : इन्स्पेक्टर पृथ्वी खनालको क्रिकेट गित सार्वजनिक

हातमा वर्दी, मनमा क्रिकेट : इन्स्पेक्टर पृथ्वी खनालको क्रिकेट गित सार्वजनिक


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द तथा संगीतमा तयार भएको क्रिकेट गीत “नमस्ते नमस्कार” सार्वजनिक भएको छ। उक्त गीत आगामी टी–२० पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।


भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपलाई लक्षित गर्दै तयार गरिएको यस गीतलाई “सुन्दर हिमाली राष्ट्र नेपालको क्रिकेट गान (Cricket Anthem of Himalayas) नाम दिइएको छ। म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन, उत्साह र देशभक्तिको सन्देश दिन्छ।
लोकेन्द्र सुब्बाको संगीत संयोजन तथा निर्देशनमा बनेको भिडियोमा पृथ्वी खनालसहित आर.सी. रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोन को स्वर तथा अभिनय रहेको छ।
उक्त म्युजिक भिडियो पृथ्वी खनालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
🔗 https://youtu.be/bxd_U_Civ8w


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस