लिखुमा मत्स्य व्यवसाय प्रवद्र्धनः तालिमसँगै उपकरण वितरण
नुवाकोटको लिखु गाउँपालिकामा प्राकृतिक जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएका स्थानीय समुदायलाई लक्षित गरी तालिम तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले आयोजना गरेको कार्यक्रममा माछापालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पु¥याउने उद्देश्यले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । तालिममा आधुनिक मत्स्यपालन विधि, जलाशय व्यवस्थापन, माछाको संरक्षण, दिगो मत्स्य उपयोग तथा आम्दानी वृद्धिका उपायबारे सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले यस्ता तालिम ग्रामीण समुदायका लागि अत्यन्त उपयोगी भएको बताए । उनले भने, “माछापालन र मत्स्य व्यवसाय लिखु गाउँपालिकाको महत्वपूर्ण सम्भावनाको क्षेत्र हो । प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको यो कार्यक्रमले स्थानीयलाई सीप विकाससँगै रोजगारी र आम्दानी बढाउन ठोस टेवा पुग्नेछ । आगामी दिनमा पनि गाउँपालिकाले मत्स्य व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पहल र समन्वयलाई निरन्तरता दिनेछौँ।”
तालिमसँगै माछा मार्न आवश्यक उपकरण, जाल, फुर्लुङ लगायत सामग्रीसमेत वितरण गरिएको छ । सहयोगस्वरूप प्राप्त सामग्रीले आफ्नो पेशा अझ प्रभावकारी र सुरक्षित ढंगले सञ्चालन गर्न सहज हुने विश्वास सहभागीले व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक बिस्ट, वडाअध्यक्षहरु तथा स्थानीय सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस किसिमका कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी आय–आर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय मत्स्य व्यवसायको विकासमा दीर्घकालीन प्रभाव पर्ने मत्स्य विकास केन्द्रले जनाएको छ ।
हेर्नुस फोटोहरु

क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस