अखण्ड समाज र जनताको सर्वोच्चताको मागसहित र्याली
नुवाकोट ।
अखण्ड समाज र जनताको सर्वोच्चता कायम गर्नुपर्ने मागसहित शाही युवा शक्ति, नेपाल नुवाकोटको आयोजनामा आज बिदुर–४ गगटेबाट बिदुर–२ स्थित ऐतिहासिक साततले दरबारसम्म र्याली सम्पन्न भएको छ।
र्यालीमा सहभागीहरूले ब्यानर र प्लेकार्डमार्फत “अखण्ड समाज र जनताको सर्वोच्चता कायम गर”, “ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर”, “जेन्जी पुस्ता राजा र जनता एकै हुन्” जस्ता सन्देशसहित आफ्ना धारणा सार्वजनिक गरेका थिए। सहभागीहरूले वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय पहिचान र जनभावनाको सम्मान हुनुपर्ने मागसमेत अघि सारेका थिए।
शान्तिपूर्ण रूपमा सम्पन्न र्यालीमा विभिन्न स्थानबाट आएका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार जनताको आवाज राज्यसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस