सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारोन्मुख : शिक्षा प्रमुख रावत
लिखु गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेर सिंह रावतले पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उल्लेखनीय रूपमा उकासिँदै गएको बताएका छन्।
लिखु–६ भट्टथोकस्थित सिद्धि गणेश आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख रावतले सामुदायिक विद्यालयप्रति जनविश्वास बृद्धि हुँदै गएको उल्लेख गरे।
उनका अनुसार पछिल्लो केही वर्षयता निजी विद्यालयबाट सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ्नु अभिभावकको सोचमा आएको सकारात्मक परिवर्तनको संकेत हो।
रावतले विद्यालय सुधारका लागि विद्यालय, अभिभावक, शिक्षक तथा जनप्रतिनिधि सबैको साझा उत्तरदायित्व रहने उल्लेख गर्दै सामुदायिक विद्यालयलाई परिवर्तनको केन्द्रबिन्दु बनाउँदै अघि बढ्न सबै सरोकारवालाको सक्रियता आवश्यक रहेको धारणा प्रस्तुत गरे।
समारोहमा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, कालिकादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसूदन पौडेल, जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस