लिखु गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ देखि सुरु
लिखु गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गर्ने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ गतेदेखि सुरु हुने भएको छ। तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका विद्यालयहरूबीच विभिन्न खेल तथा शैक्षिक प्रतिस्पर्धा सञ्चालन गरिनेछ।
जारी सूचनाअनुसार उद्घाटन कार्यक्रम मंसिर २६ गते बिहान १०:०० बजे लिखु–४ स्थित श्री क्षेत्रपाल माध्यमिक विद्यालयमा हुनेछ। प्रतियोगिताको समापन समारोह मंसिर २८ गते दिउँसो १:०० बजे सोही स्थानमा आयोजना गरिनेछ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई गाउँपालिकाले विद्यार्थीको प्रतिभा पहिचान, प्रतिस्पर्धात्मक क्षमताको विकास, नेतृत्व निर्माण र विद्यालयबीचको सहकार्य सुदृढ गर्ने महत्वपूर्ण कार्यक्रममा रूपमा लिएको छ। प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास तथा खेल–भावनाको विकास हुने अपेक्षा गरिएको छ।

लिखु गाउँपालिकाले हरेक वर्ष सञ्चालन गर्दै आएको यो प्रतियोगिता यस वर्ष पनि स्थानीय समुदायको सक्रिय सहभागिता र उत्साहकासाथ भव्य रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस