Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको लिखु गाउँपालिकाको केन्द्र गड्खारमा सारियो

नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र गड्खारमा सारियो


नुवाकोट — नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र परिवर्तन गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गाउँपालिकाको केन्द्र वडा नं. ३ स्थित भलाद्मीडाँडाबाट वडा नं. ४ को गड्खारमा सार्ने निर्णय गरेको हो।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले केन्द्र स्थानान्तरणको निर्णय गरेको उल्लेख छ। मन्त्रालयले गरेको प्रस्ताव अनुमोदन गर्दै मन्त्रिपरिषद्को बैठकले लिखु गाउँपालिकाको प्रशासनिक केन्द्र अब गड्खारबाट संचालन हुने व्यवस्था मिलाएको हो।

केन्द्र स्थानान्तरणसँगै गाउँपालिकाका सेवा–सुविधा, प्रशासनिक कामकाज तथा विकास–निर्माण योजनाहरू गड्खारबाटै संचालित हुनेछन्। यस निर्णयले स्थानीय प्रशासनिक पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस