लिखुका १३ विद्यालयका ३९ शिक्षकलाई एकीकृत पाठ्यक्रम तालिम
नुवाकोट, लिखु।
लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा चारदिने एकीकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम सफलता पूर्वक सम्पन्न भएको छ। मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन गरिएको तालिममा गाउँपालिकाभित्रका १३ सामुदायिक विद्यालयका ३९ जना शिक्षकको सहभागिता रहेको थियो।
शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि र कक्षाकोठामा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न उद्देश्य राखिएको तालिममा नवीन सिकाइ–शिक्षण विधि, विषय समायोजनका व्यावहारिक आयाम तथा विद्यार्थी केन्द्रित सिकाइ वातावरण निर्माणसम्बन्धी विस्तृत अभिमुखीकरण गराइएको थियो।
शिक्षकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको यस तालिमले स्थानीय विद्यालयको शैक्षिक गुणस्तर सुधारमा दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। लिखु गाउँपालिकाले आगामी दिनमा पनि शिक्षक क्षमता अभिवृद्धि तथा सिकाइ स्तर उकास्ने कार्यक्रम निरन्तर सञ्चालन गरिने बताएको छ।
तालिम सञ्चालनमा लिखु गाउपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखालाई रूम टु रिड तथा रूडेक नेपाल, नामक सस्थाले सहयोग गरेको थियो ।
तालिम क्षेत्रपाल माध्यमिक विद्यालयको तालिम हलमा सम्पन्न भएको हो।

क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस