Techie IT
गृहपृष्ठसमाचारदियालो फाउन्डेसनद्वारा नुवाकोटमा न्यानो कपडा वितरण, ३५० विद्यार्थी लाभान्वित

दियालो फाउन्डेसनद्वारा नुवाकोटमा न्यानो कपडा वितरण, ३५० विद्यार्थी लाभान्वित


बेलकोटगढी–११, नुवाकोट।
पञ्चकन्या माध्यमिक विद्यालय, बेलकोटगढी–११, नुवाकोटमा दियालो फाउन्डेसनको पहलमा आयोजित न्यानो कपडा वितरण कार्यक्रम आज एक विशेष समारोहका बीच  सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत करिब ३५० विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई न्यानो पोशाक वितरण गरिएको विद्यालय स्रोतले जनाएको छ।

विद्यालयका अनुसार यो अभियानले शैक्षिक वातावरणमा उत्साह, आत्मीयता र प्रेरणाको नयाँ ऊर्जा संचार गरेको छ। विद्यार्थी–हितका कार्यक्रमप्रति निरन्तर समर्पित दियालो फाउन्डेसनका अध्यक्ष  नवीन प्रकाश तिवारीलाई विद्यालय परिवारले कार्यक्रममार्फत हार्दिक सम्मान र कृतज्ञता प्रकट गरेको छ।

विगतदेखि प्रदान हुँदै आएको उहाँको सहयोग, सद्भाव र सकारात्मक दृष्टिले विद्यालयलाई निरन्तर उज्ज्वल प्रेरणा प्रदान गर्दै आएको विद्यालयका प्रधानाध्यापकले बताए।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने पूर्व प्रधानाध्यापक राजाराम तिवारीप्रति पनि विद्यालयले विशेष धन्यवाद ब्यक्त गरेको छ।

सो अवसरमा वडा अध्यक्ष प्रकाश जङ्ग पाण्डे, निर्वतमान वडा अध्यक्ष रामहरि पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  रबिन्द्र मानन्धरलगायत पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो। विद्यालयले उनीहरू सबैप्रति हार्दिक आभार व्यक्त गरेको छ।

विद्यालयका अनुसार समुदाय, दातृ संस्था र विद्यालयबीचको यस्तो अटुट सहकार्य र साझा प्रयासले नै स्थानीय शिक्षाको गुणस्तरमा सुधार ल्याउने बलियो आधार तयार पार्दै आएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस