Techie IT
गृहपृष्ठसमाचारप्रथम कोपिला कप कराँते च्याम्पियनसिप सम्पन्न, सभ्यता पाठशाला प्रथम

प्रथम कोपिला कप कराँते च्याम्पियनसिप सम्पन्न, सभ्यता पाठशाला प्रथम


काठमाडौँ। कोपिला इङ्लिस सेकेन्डरी स्कुलको आयोजनामा तथा नेपाल सोतोकान कराँते संघ (SKIF) को विशेष सहयोगमा आयोजित प्रथम कोपिला कप इन्टर–स्कुल SKIF कराँते च्याम्पियनसिप–२०२५ ललितपुरको महालक्ष्मी नगरपालिका–सानागाउँ सिद्धिपुरस्थित कोपिला इङ्लिस सेकेन्डरी स्कुलमा सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा एक दर्जनभन्दा बढी विद्यालयका करिब ३०० खेलाडी सहभागी बनेका थिए। सहभागी विद्यालयमध्ये सभ्यता पाठशाला, रानीवनले सर्वाधिक पदक हासिल गर्दै प्रतियोगिताको च्याम्पियन बन्न सफल भयो। यसैगरी महेन्द्र आदर्श विद्यालय द्वितीय र भि.एस. निकेतन स्कुल तृतीय स्थानमा रहे।

प्रतियोगितामा अन्तर्राष्ट्रिय कराँते कोच तथा राष्ट्रिय निर्णायक अष्टविर लामाले मुख्य निर्णायक संयोजकको भूमिका निर्वाह गरेका थिए। त्यसैगरी कार्यक्रमलाई नेपाल कराँते महासंघका वरिष्ठ सल्लाहकार तथा SKIF प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य, अन्तर्राष्ट्रिय रेफ्री एवं काठमाडौँ जिल्ला अध्यक्ष सञ्जय रञ्जित, रेफ्री कमिसन सदस्य शान्ति तामाङ, बागमती प्रदेश रेफ्री कमिसन सदस्य सुर्य घिसिङ, सह–सचिव सचिन चौलागाई, नुवाकोट जिल्ला कराँते महासंघका सह–सचिव तथा राष्ट्रिय रेफ्री करण तामाङ, रेफ्री सञ्जय तामाङलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिता उत्साहजनक वातावरणमा सम्पन्न हुँदै विजयी खेलाडी तथा विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस