मोटरसाइकलको ठक्करमा वृद्धको मृत्यु, दुई सैनिक नियन्त्रणमा
बिदुर (नुवाकोट) — गल्छी–देवीघाट–ढुंगे सडकखण्डमा मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकलसहित दुई सैनिकलाई नियन्त्रणमा लिएको छ।
गल्छीबाट बट्टारतर्फ जाँदै गरेकाे ग १८ प ६३७० नम्बरको मोटरसाइकलले बिदुर नगरपालिका–५, पिपलटारमा ८० वर्षीय लीलानाथ कोइरालालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। स्थानीयले तुरुन्तै उद्धार गरी त्रिशूली अस्पताल पुर्याए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक जीवन तामाङ (२६, सुन्दरबजार–५, लमजुङ) र पछाडि सवार विष्णु थापा (३१) घाइते भएका छन्। दुवै जना नेपाली सेना रहेको र बट्टारस्थित शेर गणमा नायक पदमा कार्यरत रहेकाे समेत प्रहरीले पुष्टि गरेको छ।
घटनापछि स्थानीयवासी केही समय आक्रोशित बनेका थिए भने प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस