Techie IT
गृहपृष्ठसमाचारलाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै


यातायात व्यवस्था विभागले अब छपाइ पूरा भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ।

बिहीबार जारी गरेको सूचनामा विभागले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई विभागमा प्राप्त भएका लाइसेन्सहरूको सूची विभागको फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’मा प्रकाशित गरिने जनाएको छ।

सूचनामा भनिएको छ, “अनलाइन फारम भरी ‘एप्रुभ’ भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउनु भन्ने जानकारी प्रणाली सञ्चालनमा रहँदा पठाइन्थ्यो। तर जेनजी आन्दोलनका कारण प्रणाली अवरुद्ध भएपछि अब छपाइ सकिएका लाइसेन्सहरूको विवरण फेसबुकमार्फत उपलब्ध गराइनेछ।”

यसअघि लाइसेन्स तयार भएको जानकारी एसएमएस वा प्रणालीमार्फत दिइँदै आएको थियो। विभागले फेसबुकमा आफ्नो नाम समावेश भएकाहरूलाई सक्कल राजस्व रसिद र पुरानो सवारी चालक अनुमतिपत्रसहित विभागमा उपस्थित भइ लाइसेन्स बुझ्न पनि अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस