तुप्चेका आशिष रिजालको २९औँ जन्मदिन : रक्तदानदेखि बृद्ध तथा बाल आश्रममा सामग्री वितरण
नुवाकोट, विदुर— तुप्चे निवासी आशिष रिजालले आफ्नो २९औँ जन्मदिनलाई अर्थपूर्ण बनाउने उद्देश्यले विभिन्न सामाजिक तथा मानवतावादी कार्य सम्पन्न गरेका छन्। जन्मदिनलाई उत्सव मात्र नभई सेवाको अवसरको रूपमा उपयोग गर्दै उनले आकस्मिक रक्तदानका साथै बृद्ध तथा बाल आश्रममा आवश्यक सामग्री वितरण गरेका हुन्।
जन्मदिनको अवसरमा रिजालले सर्वप्रथम आकस्मिक रक्तदान गरी ज्यान बचाउन सक्ने अभियानमा आफ्नो योगदान व्यक्त गरे। त्यसपछि उनले नुवाकोटस्थित देविघाटको बृद्धाश्रममा आश्रित ३८ जना बृद्ध–बृद्धाका लागि खाद्यान्न सामग्री हस्तान्तरण गरे।
त्यसैगरी, उनले विदुरस्थित वालआश्रम – आमाको माया छात्रवास मा रहेका २२ जना विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गर्दै बालबालिकाकाे शैक्षिक यात्रामा सहयोग पुर्याए।
रिजालले आगामी दिनमा पनि सामाजिक सहयोगका कार्य निरन्त
र जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस