Techie IT
गृहपृष्ठसमाचारनेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुने

नेपाल पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुने


नेपालले पहिलोपटक आसन्न एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ। मंसिर ४ देखि ७ गतेसम्म मलेसियामा हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन १८ सदस्यीय नेपाली राष्ट्रिय डजबल टोली मङ्गलवार मलेसिया प्रस्थान गर्दैछ। प्रतियोगिताको मूल आयोजक मलेसियन एसोसिएसन अफ डजबल रहेको छ।

प्रस्थानपूर्व राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले विशेष समारोहमार्फत टोलीलाई बिदाइ गरे।

सहभागी खेलाडीहरूको सूची यसप्रकार रहेको छ ।

विराज दाहाल (कप्तान)

प्रकाश सिंह ऐर

कृष्ण हरि बुढाथोकी

रबिन शाक्य

कृष्ण कुमार साह

अनिल कुमार तिखत्री

अनिल गुरुङ

विवेक उप्रेती

अच्युत नेपाल

रोशन अधिकारी

रामचन्द्र गौतम

विनोद कोईराला

नेपालले पहिलोपटक सहभागी हुन लागेको यो च्याम्पियनसिपले देशमा डजबल खेलको विकास र अन्तर्राष्ट्रिय पहिचान बढाउने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस