Techie IT
गृहपृष्ठसमाचारधारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या


नुवाकोट ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलापाटास्थित एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटना सार्वजनिक भएको छ।

असोज २१ गते साँझ करिब ६ बजे, स्थानीय ५० वर्षीय जितमान तामाङले घरायसी विवादका क्रममा आफ्नी ४९ वर्षीया श्रीमती सविना तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर आरोपी जितमान तामाङलाई नियन्त्रणमा लिएको छ। साथै घटनामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस