Techie IT
गृहपृष्ठसमाचारतादी खोलाले बगाउँदा वृद्धको मृत्यु

तादी खोलाले बगाउँदा वृद्धको मृत्यु


नुवाकोटमा तादी खोलाले बगाउँदा वृद्धको मृत्यु

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–४ गड्खारका करिब ६५ वर्षीय पुर्णबहादुर राई (ढकाल राई) को तादी खोलाले बगाउँदा मृत्यु भएको छ।

सोमबार साँझ धान काटेर घर फर्कने क्रममा तादी खोलो तर्दै गर्दा उनी खोलाले बगाएका थिए। घटनाको सूचना साँझ करिब ६ बजे प्राप्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढिकुरेबाट प्रहरी टोली खटिएको थियो। खोजतलासका क्रममा राईको शव सोही दिन साँझ करिब ७ बजे, खोलाले बगाएको स्थानबाट करिब २ किलोमिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय ढिकुरेबाट करिब ३ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट करिब ८ किलोमिटर पूर्व पर्ने बताइएको छ।

शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी सोमबार राति करिब साढे ९ बजे त्रिशुली अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस