Techie IT
गृहपृष्ठसमाचारनुवाकोटको त्रिशुली नदी किनारमा अज्ञात पुरुषको शव फेला

नुवाकोटको त्रिशुली नदी किनारमा अज्ञात पुरुषको शव फेला


नुवाकोट, असोज ९ — नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटार दोवानटारस्थित त्रिशुली नदीको बगरमा एक अज्ञात पुरुषको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार आइतबार बिहान करिब ११:१५ बजे करिब ६०–६२ वर्ष उमेर देखिने पुरुषको शव भेटिएको हो। घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा मुचुल्का कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि त्रिशुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ।

हालसम्म मृतकको नाम, थर र वतन पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ। मृतक पुरुषको हुलिया गहुँगोरो वर्ण, करिब ५ फिट ४ इन्च उचाइ, कालो–सेतो कपाल भएको र उमेर करिब ६०–६२ वर्षको देखिने बताइएको छ।

प्रहरीले मृतकको सनाखतका लागि सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ। कुनै व्यक्तिले शवको पहिचान गर्ने वा जानकारी दिने भए जिल्ला प्रहरी कार्यालय नुवाकोटका मोबाइल नम्बर ९८५१२५३७२४, ९८५१२८५१९९ वा ९८५१२८२८११ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस