Techie IT
गृहपृष्ठसमाचारम्यूजिक भिडियो ‘बयान’ सार्वजनिक हुने तयारीमा

म्यूजिक भिडियो ‘बयान’ सार्वजनिक हुने तयारीमा


गायन र अभिनय क्षेत्रमा सक्रिय कलाकार सन्तोष सरगम अधिकारीको प्रस्तुतिमा तयार गरिएको नयाँ म्यूजिक भिडियो ‘बयान’ चाँडै दर्शकसमक्ष आउने भएको छ।
रोसन दासको कथा र निर्देशन  भिडियो तयार गरिएको छ। भिडियोमा प्रियना आचार्य र सन्तोष सरगम अधिकारीको जोडी प्रस्तुत गरिएको छ।यो  जोडीले भिडियोमा रोमान्स र भावनात्मक कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
गीतमा स्वर प्रताप दास र समिक्ष्या अधिकारीले दिएका छन् भने शब्द सन्तोष सरगम अधिकारीकै रहेको छ। ससरोज पोखरेलले संगीत दिएको गितमा छायांकन नितेश घतान, सम्पादन बिनोद बानले गरेका छन्।
निर्माण संयोजकमा पुर्णमान श्रेष्ठ, मेकअपमा पुनम चौधरी रहेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो।
भिडियो चाँडै  सार्वजनिक गरिने बताइएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस