जेन–जी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा असोज १ गते सार्वजनिक बिदा

काठमाडौं, भदौ ३१ । भदौ २३ र २४ गते जेन–जी पुस्ताहरूले सञ्चालन गरेको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्न सरकारले असोज १ गते (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरू बन्द रहने जनाएको छ। साथै सोही दिन सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक दिवस घोषणा गर्ने निर्णय गरेको हो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस