Techie IT
गृहपृष्ठसमाचारअर्थमन्त्री खनालको निर्देशन : ‘व्यक्तिगत काम लिएर घरमा नआउनुस्’

अर्थमन्त्री खनालको निर्देशन : ‘व्यक्तिगत काम लिएर घरमा नआउनुस्’


काठमाडौँ — नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कर्मचारीलाई व्यक्तिगत काम लिएर बिहान–साँझ आफ्नो घर धाउन नआउन चेतावनी दिएका छन्। मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले भने, “सरकारी कामका लागि म जुनसुकै समयमा तयार हुन्छु, तर व्यक्तिगत कामका लागि घर धाउने बानी छोड्नुस्। तपाईंहरूले मेरो घर नदेखे म अझ खुसी हुन्छु।”

खनालले सिंहदरबारमा पछिल्ला प्रदर्शनका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल भग्नावशेष हटाएर भित्तामा रंगरोगन गर्न निर्देशन दिए। उनले भने, “कालो भित्तालाई छिटो रंगरोगन गरेर अर्थ मन्त्रालयबाटै सन्देश दिऔँ कि हामी खरानीबाट पनि उठ्न सक्छौं।”

उनका अनुसार निजी सवारीसाधनको क्षति त बिमा कम्पनीबाट भरपाई हुन्छ, तर सार्वजनिक सम्पत्ति बिमा नभएकाले त्यसका लागि स्रोत जुटाउनुपर्नेछ। साथै उनले यो कामचलाउ सरकार भएको भन्दै नयाँ सवारी साधन खरिद नगर्न मन्त्रालयलाई निर्देशनसमेत दिएका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस