भाटभटेनी सुपर स्टोरमा ६ कङ्काल फेला

काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा मानवीय कङ्काल फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार पूर्ण रूपमा जलेको अवस्थामा आधा दर्जन (६ वटा) मानव कङ्काल भेटिएका छन्।
प्रहरीले फेला परेका कङ्काललाई परीक्षण तथा अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको जनाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस