Techie IT
गृहपृष्ठसमाचारबिषादी प्रयोगमा सावधानी: स्वास्थ्यमा खतरा, रोकथाम अनिवार्य

बिषादी प्रयोगमा सावधानी: स्वास्थ्यमा खतरा, रोकथाम अनिवार्य


नुवाकोट — लिखु गाउँपालिका।

लिखु गाउँपालिका, नुवाकोटका कृषि शाखा प्रमुख आकृति खत्रीले कृषिमा बिषादीको प्रयोग गर्दा हुने स्वास्थ्य समस्या र त्यसको रोकथामका उपायबारे किसानलाई जानकारी गराउनुभएको छ।

उहाँका अनुसार, हाल धेरै किसानले उत्पादन बढाउन र रोग–किरा नियन्त्रण गर्न बिषादीको प्रयोग गर्दै आएका छन्। तर, असावधानीपूर्वक प्रयोग गरिने बिषादीले किसानकै स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने जोखिम हुन्छ।

बिषादीले निम्त्याउने रोग

कृषि शाखा प्रमुख खत्रीका अनुसार बिषादीको अत्यधिक वा गलत प्रयोगका कारण निम्न समस्या देखिन सक्छन्‌ः

  • छालामा र्‍यास, एलर्जी तथा जलन

  • आँखामा जलन, धुम्म देखिने समस्या

  • श्वासप्रश्वासमा असर, खोकी र दम

  • वाकवाकी, बान्ता, पेट दुख्ने जस्ता पाचन समस्या

  • दीर्घकालमा क्यान्सर, स्नायु तन्त्रमा समस्या तथा गर्भवती महिलामा असर

रोकथामका उपाय

उहाँले किसानलाई स्वास्थ्य जोगाउनका लागि तलका उपायहरू अपनाउन आग्रह गर्नुभएको छः

  • बिषादी प्रयोग गर्दा अनिवार्य रूपमा मास्क, पञ्जा, चश्मा, टोप र जुत्ता प्रयोग गर्ने।

  • छरेपछि साबुनपानीले हात–मुख राम्ररी धुने।

  • साना बालबालिका, गर्भवती महिला र पशु–पक्षीलाई बिषादी प्रयोगको समयमा टाढा राख्ने।

  • बिषादीलाई सुरक्षित स्थानमा भण्डारण गर्ने।

  • सकेसम्म जैविक बिषादी र विकल्पिक प्रविधि प्रयोग गर्ने।

कृषिमा बिषादीको आवश्यकता त हुन्छ तर सही तरिकाले प्रयोग नगरेमा यो किसानकै लागि घातक बन्न सक्छ। त्यसैले सबै किसान सचेत हुनु जरुरी छ,” कृषि शाखा प्रमुख आकृति खत्रीले भन्नुभयो।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस