वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन

नुवाकोट — तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचाररत रिमालको सोमबार बिहान काठमाण्डौंको वीर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले पुष्टि गरेका छन्। ४५ वर्षका रिमाल दीर्घकालीन मृगौलासम्बन्धी रोगबाट पीडित थिए। चिकित्सकहरूले विश्राम गर्न सुझाव दिएका भए पनि उनी निरन्तर वडा कार्यलयको जिम्मेवारीमा सक्रिय रहँदै आएका थिए।
रिमाल नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्य समेत थिए। उनको पार्थिव शरीरलाई तारकेश्वरको बुनेबेशीघाटमा अन्त्येष्टि गरिएको छ ।
वडाध्यक्ष रिमाल २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए। उनको निधनले गाउँपालिकामा शोकको वातावरण छाएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस