नुवाकोट अनेरास्ववियुमा चुलिंदो आन्तरिक विवाद, सामूहिक राजीनामा

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नुवाकोट भित्र गहिरो असन्तोष चुलिँदै गएको छ। संगठनमा भएको एकपक्षीय निर्णय र गुटगत प्रवृत्तिको विरोध गर्दै नुवाकोट जिल्लाका जिल्ला तथा पालिका तहका नेताहरूले सामूहिक राजीनामा दिएका छन्।
सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञप्तिमा संगठनका दुई सक्रिय सदस्य— कमल निमिल्सिना र देशराज वाग्ले लाई कुनै आन्तरिक अनुशासन प्रक्रिया नअपनाई निष्कासित गरिएको घटनालाई “असहिष्णु र अलोकतान्त्रिक प्रवृत्तिको परिणाम” भन्ने उल्लेख गरिएको छ।
राजीनामा दिने नेताहरूले संगठनभित्र विचार, आलोचना, बहस र लोकतान्त्रिक व्यवहारको पक्षमा आवाज उठाउँदा दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएका छन्। उनीहरूले नेतृत्वमा देखिएको व्यक्तिवाद, गुटगत सोच र असहिष्णुताप्रति गम्भीर आपत्ति जनाएका छन्।
राजीनामा दिनेहरूको मुख्य मागहरू:
-
निष्कासित नेताहरूको पुनर्बहाली
-
संगठनमा लोकतान्त्रिक अभ्यासको प्रत्याभूति
-
विचार स्वतन्त्रताको सम्मान
विज्ञप्तिमा भनिएको छ, “हामी यस्तो संगठनमा रहन सक्दैनौँ, जहाँ नेतृत्व स्वेच्छाचारी हुन्छ र असहिष्णु प्रवृत्तिलाई प्रश्रय दिन्छ। यसले संगठनलाई बलियो होइन, कमजोर बनाउँछ।”
नेताहरूले नेतृत्वसँग गम्भीर आत्मसमीक्षाको माग गर्दै, सुधार नभए विद्रोह चर्किन सक्ने चेतावनीसमेत दिएका छन्।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस