Techie IT
गृहपृष्ठसमाचाररसुवा बाढी: ११ जनाको शव फेला, १७ अझै बेपत्ता

रसुवा बाढी: ११ जनाको शव फेला, १७ अझै बेपत्ता


रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण अहिलेसम्म ११ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन्।
सरकारले आइतबारसम्मको स्थिति सार्वजनिक गर्दै ११ जनाको शव फेला परेको पुष्टि गरेको हो। तीमध्ये केही अवस्थामा मानव अङ्ग मात्र भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिनुभयो।

गत मंगलवार बिहान आएको बाढीपछि एक जना घाइते भएका छन् भने १,९५० जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।
सात सय ४९ जनाको स्थलमार्ग र दुई सय जनाको हवाईमार्गबाट उद्धार गरिएको छ।

प्राधिकरणका अनुसार बाढीले ४७ वटा विद्युतीय सवारीसाधन, २३ वटा कन्टेनर ट्रक (कार्गो सेन्टर)६ वटा ठूला गाडी बगाएको छ। साथै २ वटा पुल पूर्णरूपमा क्षतिमा परेका छन्।

स्याफ्रुबेसी–टिमुरे खण्डको १६ किलोमिटर सडकमा गम्भीर क्षति पुगेको छ। त्यसमध्ये करिब १,२०० मिटर सडक पूर्ण रूपमा बगाएको बताइएको छ।
पुलहरू बगेपछि रसुवा–चीन आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

सरकार र सरोकारवाला निकायले अझै हराइरहेकाहरूको खोजी तथा क्षतिको मूल्याङ्कन कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस