Techie IT
गृहपृष्ठसमाचारविदुरको पृथ्वी माविले यस वर्षदेखि कक्षा ११(बिज्ञान धार) सञ्चालन गर्ने

विदुरको पृथ्वी माविले यस वर्षदेखि कक्षा ११(बिज्ञान धार) सञ्चालन गर्ने


विदुर । कक्षा १० को रास्ट्रीय परिक्षामा समावेश भएपछी सबै वर्षमा उत्कृष्ट नतिजा ल्याउन सफल रहँदै आएको नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं ४ विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ पनि सञ्चालन गर्ने भएको छ ।

विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेका अनुसार यस वर्षदेखि कक्षा ११ मा विज्ञान धारका विषय सञ्चालन गर्ने तयारी गरिएको छ । यस वर्षको एसईईमा समेत सामुदायिक विद्यालयतर्फ जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सफल भएको उक्त विद्यालयले कक्षा ११ सञ्चालन गर्ने तयारी गरेसँगै अभिभावक तथा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

प्रधानाध्यापक बाबुराम लामिछानेसंगको कुरामा धेरै विद्यार्थीहरुमा साइन्स पढ्ने लहर देखियो उनीहरुलाई राजधानीसम्म जाने र खर्च गराउने भन्दा हामीले यहीबाट कक्षा सञ्चालनको तयारी गरेको बताउनु भयो । उहाँले विद्यालयमा अनुभवि र दक्ष शिक्षकहरु रहेकाले विद्यार्थीहरुले खोजेको गुणस्तर प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस