एसईईमा पिक प्वाईन्ट एकेडेमीको उत्कृष्ट नतिजा — ६ विद्यार्थीले ल्याए ४.० जिपिए
काठमाडौं, बुढानीलकण्ठ —
बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलमा अवस्थित पिक प्वाईन्ट एकेडेमी ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ऐतिहासिक सफलता प्राप्त गर्दै शैक्षिक क्षेत्रमा आफ्नो प्रभावशाली उपस्थिति प्रमाणित गरेको छ। विद्यालयका ६ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जिपिए हासिल गर्दै विद्यालयको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याएका छन्।

४.० जिपिए ल्याउने विद्यार्थीहरू हुन् — निर्जला दाहाल, मोहम्मद कलिम्सा, बरदान ढकाल, दिया घिमिरे, सन्दिप राजभण्डारी र विष्णु कुमारी खुलाल मगर 

।
वि.सं. २०६० मा स्थापना भएको पिक प्वाईन्ट एकेडेमीले २०७० सालदेखि एसएलसी (हाल एसईई) परीक्षा संचालन गर्दै आएको हो। सुरु देखिनै “अनुत्तीर्ण शून्य” को गौरव बोकेको यस विद्यालयमा अहिलेसम्म एकजना पनि विद्यार्थी अनुत्तीर्ण भएका छैनन्, जुन आफैँमा प्रेरणादायी उपलब्धि हो।
६५ विद्यार्थी सहभागी — उत्कृष्ट समग्र प्रदर्शन
यसपटक परीक्षा दिएका ६५ जना विद्यार्थीमध्ये:
-
५३ जनाले ३.६ देखि ४.० जिपिए प्राप्त गरेका छन्
-
बाँकी १२ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका छन्
-
सबै विद्यार्थीको जिपिए ३.३६ भन्दा माथि रहेको छ
-
यसमध्ये ४ जनाले ३.९६ जिपिए प्राप्त गरेका छन्
विद्यालयका प्रधानाध्यापक बिनय श्रेष्ठ का अनुसार, विद्यालयको निरन्तर मिहिनेत, शैक्षिक प्रतिबद्धता र विद्यार्थीको लगनशीलताको परिणामस्वरूप यस्तो उत्कृष्ट नतिजा सम्भव भएको हो।
विद्यालयका सह–प्रधानाध्यापक महेश केसी ले पिक प्वाईन्टको नतिजा बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्र मात्र नभई सम्पूर्ण नगर र देशमै प्रेरणादायी भएको बताउनुभयो। “हामीले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै आएका छौं, यो नतिजा त्यसकै प्रतिफल हो,” उहाँले भन्नुभयो।
शैक्षिक संयोजक चिरञ्जीवी नेपाल का अनुसार, विद्यालयले प्रविधिमैत्री, संस्कारयुक्त र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिएको छ। “हामी परीक्षा केन्द्रित मात्र होइन, मूल्य, व्यवहार र नेतृत्व विकासमा केन्द्रित शिक्षामा विश्वास गर्छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस