निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ढिकुरले गर्यो २ जना छात्र छात्रा लाई छात्रवृती प्रदान

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ढिकुरे शाखा नुवाकोटले २ जना छात्र छात्रा लाई छात्रवृती प्रदान गरेको छ ।
केन्द्रप्रमुख कार्यसाला गोष्ठी कार्यक्रमको अवसर पारी ढिकुरे शाखाले शुर्यगडी ५ का रजित नेपाली र लिखु ५ का एलिशा श्रेष्ठ लिखु गाउपालिका वडा नं १ का वडा अध्यक्ष नरहरी पाण्डेले शाखाको तर्फ बार्ट जनही १० हजारको दरले छात्रबृत्ति बितरण गर्नुभएको थियो ।
छात्रबृत्ति बितरण गर्दैै वडाअध्यक्ष पाण्डेले कार्यक्रमलाइ निरन्तर अगाडी बढाउन पर्नेमा जोड दिनु भयो ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित पिछडिएका विपन्न परिवारका महिलाहरूलाई समूहमा आवद्ध गराई विना धितो र बयस्क सदस्यलाई लघुउद्यम कर्जा लगानी गर्ने, ग्राहक सदस्यहरूलाई सुत्केरी स्याहार खर्च, प्राकृतिक प्रकोप आगलागि, जस्ता घटना सेवाग्राहीको घरमा घटे क्षतीपूर्तिको ब्यवस्था समेत गर्दै आईरहेको छ ।
साथै संस्थाले सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता, व्यवसायिक साक्षरता र सचेतनामूलक कार्यक्रमहरू संचालन गर्दै सेवाग्राहीहरुको आर्थिक, शैक्षिक, सामाजिक, वौंद्धिक विकासमा टेवा पु¥याउंदै आएको छ ।
क्याटेगोरी : अर्थतन्त्र, समाचार
प्रतिक्रिया दिनुहोस