Techie IT
गृहपृष्ठसमाचारप्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल

प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल


नेकपा माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल नुवाकोटको अध्यक्षमा जगदीश खनाल निर्वाचित भएका छन् । संगठनको चौथो जिल्ला सम्मेलन सम्मेलनद्वारा खनालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको छ । अध्यक्षमा निर्वाचित खनाल विगत १५ वर्षदेखि नुवाकोटमा रहेर सक्रिय पत्रकारिता गर्दै आएका छन् । उनी रेडियो जालपा र नुवाकोट न्युज अनलाइनका सञ्चालक संगै  पत्रकार महासंघ नुवाकोटका उपाध्यक्ष पनि हुन् ।

अधिवेशनले उपाध्यक्षमा सुजित भण्डारी, महिला उपाध्यक्षमा प्रीतिका थापा, सचिवमा प्रल्हाद पुडासैननी, सहसचिवमा दिपेश न्यौपाने, अर्का सहसचिव महिलामा सुनिता गुरुङ र कोषाध्यक्षमा द्वारिका प्याकुरेललाई चयन गरेको प्रेस सेन्टर नुवाकोटका निवर्तमान अध्यक्ष रामहरि गजुरेलले जानकारी दिए ।

यस्तै अधिवेशनबाट सदस्यहरु करुणा लामिछाने, पार्वती बि.क. बिनिता पनेरु, पुन्यप्रभा ढुङ्गानालाई सर्वसम्वत रुपमा चयन गरेको छ । केन्द्रीय प्रतिनिधिमा बद्रीप्रसाद प्याकुरेल,रामहरि गजुरेल बिष्णु प्रसाद अधि


कारीलालाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा,रुपा अर्याल,करुणा लामिछाने,शारदा प्रसाद ढकाललाई चयन गरेको छ ।

शनिबार सम्पन्न भएकोअधिवेशनको उद्घाटन माओवादीका पोलिब्यूरो सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद हितबहादुर तमाड.ले गरेका थिए । समे अवसरमा स्मारिका बिमोचन, रवि ईच्छुक जनपक्षीय पत्रकारिता समेत प्रदान गरिएको थियो । सो सम्मान पत्रकारद्धय बद्रीप्रसाद प्याकुरेल र कपिलदेव खनाललाई प्रदान गरिएको थियो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम ठकुरी,माओवादीका नेता हिरानाथ खतिवडा, पुष्प लामिछाने, प्रेस चोतारी नेपाल नुवाकोटका अध्यक्ष श्रीराम अधिकारीसहित पत्रकार तथा माओवादी जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

 

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस