नेपाल विद्यार्थी संघद्वारा खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दैसडकमा पम्पलेट प्रदर्शन
नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शनी मार्ग, आर आर क्याम्पस अगाडि “सडक बहस” सम्पन्न गरेको छ। दलीय भागबन्डा अन्त्य गर्नुपर्ने, राष्ट्र निर्माणको जग विश्वविद्यालयबाट हालौं, अति भए खती हुन्छ, खती हुन नदिउँ भन्दै सडकमा पम्पलेट प्रदर्शन गरेका छन् ।

सडक बहसमा नेविसंघ केन्द्रिय सदस्य, अन्य बिद्यार्थी नेता तथा अतिथि वक्ता, नेपाली काङ्ग्रेसका युवा नेता, गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, डा. इन्द्र अधिकारी, नागरिक समाजका अभियान्ता शिशिर उप्रेती, शङ्कर तिवारी र नवराज त्रिपाठि ले सम्बोधन गरेका थिए।
नेपाल विद्यार्थी सङ्घले विश्वविद्यालयमा भएको दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्यको माग गर्दै निरन्तर अभियान गरिरहेको छ।

पुस १६ मा राष्ट्रिय मेलमिलाप दिवस को दिनमा आग्रह, अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलियकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागी भन्दै नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रम स्थलमा ब्यानर समेत राखेका थिए, जुन आयोजकले जबरजस्ती हटाएको थियो। उक्त कार्यक्रममा नेविसंघले प्रमुख दलका प्रमुख नेता तथा अन्य उपस्थित नेताहरू लाई पत्र समेत बडेका थिए।
नेविसंघले त्रिभुवन विश्वविद्यालय को उपकुलपति तथा पदाधिकारी को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ। विश्वविद्यालयमा दलियकरण र राजनीतिक हस्तक्षेप को अन्त्य नभए सम्म नेविसंघले यस्ता अभियान जारी राख्ने नेविसंघ केन्द्रीय सदस्य विजय ढुंगानाले बताए।

क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस