Techie IT
गृहपृष्ठसमाचारलम्पी स्किनको महामारीबाट पशु गुमाएका किसानलाई तारकेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने

लम्पी स्किनको महामारीबाट पशु गुमाएका किसानलाई तारकेश्वर गाउँपालिकाले आर्थिक सहयोग गर्ने


लम्पी स्किनको महामारीबाट पशु गुमाएका किसानलाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने तारकेश्वर गाउँपालिकाले लम्पी स्किनको महामारीबाट गाई भैंसी गुमाएका किसानहरूलाई आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँ कार्यपालिकाले लम्पी स्किन रोगबाट मृत्यु भएका पशुका पशुधनी किसानलाई तत्कालका लागि राहतस्वरूप प्रतिपशु १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । महामारीबाट पीडित किसानलाई हतोत्साहित हुन नदिन किसानको पीडामा मल्हमपट्टि स्वरूप सहयोग कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।

अध्यक्ष अधिकारीले मृतक पशुको विवरण दिन र रोगी पशुको उपचारका लागि औषधी तथा पशुविज्ञको परामर्श लिन गाउँपालिकामा सम्पर्क गर्नुहुन कृषकहरूलाई आग्रह गर्नुभएको छ । यसअघि, गाउँपालिकाले रोगी पशुको पहिचान, आइसोलेसन र उपचारका लागि पशु चिकित्सक र विज्ञ प्राविधिकको टोली खटाइसकेको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस