ढुङ्गे चोकदेखि धोबि खोल्सा सम्मको मुआब्जा विवाद सुल्झियो
	
				
			लामो समय देखि विवाद रहँदै आएको विदुर नगरपालिकाको ढुङ्गे चोकदेखि धोबि खोल्सा सम्मको मुआब्जा विवाद सुल्झिएको छ । सोमबार बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले ढुङ्गेबाट बेत्रावती तर्फ जाने धोबिखोल्सा सम्मको मुआब्जा विवाद सुल्झाएको हो ।
धोबिखोल्सादेखि बेत्रावती सम्मको मुआब्जा निर्धारण यस अघिनै भैसकेको छ । गल्छी त्रिशूली मैलुङ रसुवागढी सडक योजना अन्तर्गत ढुङ्गे देखि धोबिखोल्सा सम्मको दायाँबायाँ १५/१५ मिटर सडक कायम भएकाले त्यस बापतको मुआब्जा रकम आयोजनाले उपलब्ध गराउने भएको हो । मुआब्जा रकम यही असार मसान्त भित्र बुझिसक्नु पर्ने योजना कार्यालयले जनाएको छ ।
ढुङ्गे चोक गणेश मन्दिरदेखि धोबिखोल्सा सम्मको सडकलाई दुई भागमा वर्गीकरण गरी मुआब्जा निर्धारण गरेको छ । चोकदेखि माथि १५६० कित्ता नम्बर सम्मको जग्गालाई क वर्गमा राखी प्रति रोपनीको १ करोड ६० लाख रुपैयाँ मूल्य निर्धारण गरेको छ ।
यस्तै, १५६० कित्ता नम्बरबाट माथि धोबिखोल्सा सम्मको जग्गा लार्य ख वर्गमा राखी १ करोड ३६ लाख रुपैयाँ मुल्या तोकिएको छ । मुआब्जा निर्धारणको लागी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएको मुआब्जा निर्धारण सिफारिस समितिले गरेको सिफारिसको आधारमा मुआब्जा निर्धारण गरेको मुआब्जा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनु भयो ।
सिफारिस समितिले पटक पटक स्थानीय सरोकारवाला निकायसँग गरेको छलपष्mलको आधारमा सरकारी दररेट र चलनचल्तीको दररेटलाई आधार बनाएर मुआब्जा मूल्य सिफारिस गरेको थियो ।
मुआब्जा निर्धारण भएको सडकको क्षेत्रमा काठमाण्डौ त्रिशूली सडकको केन्द्रदेखि दायाँ÷बायाँ १५/१५ मिटर भित्र पर्ने जग्गाको क्षेत्रफल कट्टा गरी साबिकको केन्द्रबाट २.५/२.५ मिटर कायम राखेर त्यस बाहेकमा पर्ने जग्गा अधिग्रहण गरी आयोजना कार्यालयले मुआब्जा दिने निर्णय भएको विदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेनिन रञ्जितले जानकारी दिनुभएको छ ।
मुआब्जा निर्धारण भएसँगै अब त्यस क्षेत्रको सडक स्तर उन्नति हुने भएको छ । लामो समय सम्म मुआब्जा विवादले सडक स्तरउन्नति हुनबाट रोकिँदै आएको थियो । ढुङ्गेबाट बट्टार गँगटे सम्मको क्षेत्रमा भने सर्वोच्च अदालतले जग्गाको मुआब्जा दिनु नपर्ने भनेर फैसला गरेको छ । यस क्षेत्रमा रहेका घर टहराको मात्रै मुल्याङकन गरी क्षतिपूर्ति उपलब्ध गराउन अदालतले आदेश जारी गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot




				
				
				
				
				
				
				
				


















प्रतिक्रिया दिनुहोस