पद ३ उमेद्दवारी ३१
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नुवाकोट क्षेत्र नम्बर २ मा ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभा क्षेत्र नम्बर १ (१) मा १३ जना, प्रदेशसभा १ (२) मा ७ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यको लागि नेपाली काँग्रेसबाट अर्जुननरसिंह केसी, नेकपा एमालेबाट नारायणप्रसाद खतिवडा, राप्रपाबाट झनक प्याकुरेल, राष्ट्रिय स्वतन्त्रबाट सुमन विक्रम पाण्डे, लोकतान्त्रिक समाजवादीबाट धनकुमारी सुनार, नेपाल मजदुर किसानबाट गणेशमान बाटांकछी, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेममाया तामाङ र जनता समाजवादीबाट हिमाल जोशीले मनोनयन दर्ता गराएका छन् । यस्तै, स्वतन्त्रबाट गायत्री दाहाल, विनोदकुमार तामाङ र सुदर्शन पुडासैनीले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को लागि नेपाली काँग्रेसबाट गीता अमात्य, नेकपा एमालेबाट केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामप्रसाद ढुंगाना, नेपाली काँग्रेस बीपीबाट ईश्वरी बोगटी, राप्रपाबाट दिपेश लामा, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्रप्रकाश लोहनी, मंगोल नेशनल अर्गनाइजेसनबाट चन्द्र तामाङ, आमुल परिवर्तनबाट प्रेमबहादुर नेपाली, लोकतान्त्रिक समाजवादीबाट राजन विश्वकर्मा र नेपाल मजुदर किसानबाट श्याम लामाले मनोनयन दर्ता गराएका छन् । यस्तै, स्वतन्त्रबाट देवेन्द्र न्यौपाने, भरत कुमाल र शम्भुप्रसाद पनेरुले मनोनयन दर्ता गराएका छन् ।
प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को लागि नेपाली काँग्रेसबाट बहादुरसिंह लामा, नेकपा एमालेबाट विजयसिंह लामा तामाङ, नेकपा माओवादी केन्द्रबाट राममाया बोगटी, राप्रपाबाट रणप्रसाद न्यौपाने, मंगोल नेशनल अर्गनाइजेसनबाट दिलमान तामाङ र हाम्रो नेपालीबाट बसन्त सापकोटाले मनोनयन दर्ता गराएका छन् । यस्तै, प्रदेशसभा सदस्यकै लागि स्वतन्त्रबाट सिंगराज लामाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot 100























प्रतिक्रिया दिनुहोस