कतारको कानुनलाई चुनौंति दिदै अर्जेन्टिनी महिला टपलेस भएपछि
फिफा विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेपछि अर्जेन्टिनाकि एक महिला समर्थकले आफ्नो लुगा फुकालेर खुशी मनाएकि थिइन्। अर्जेन्टिनाको विजयमा निकै उत्साहित ति अर्जेन्टिनी समर्थक महिलाले विजयको खुशी मनाउने क्रममा यस्तो हरकत गरेकि हुन् ।
अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि लुसेल स्टेडियममा उपस्थिति ति महिलाले सार्वजनिक रुपमै टसलेस भएर खुशी प्रकट गरेकि हुन् । कतारको नियमअनुसार महिला तथा पुरुषहरुलाई यस्तो व्यवहार देखाउन प्रतिबन्ध गरिएको छ ।
तर अर्जेन्टिनाका दुबै समर्थक तथा पार्टनरहरुले टपलेस भएर अर्जेन्टिनाको जितमा खुशी मनाएका थिए । टपलेस हुँदा कतारको कानुन अनुसार लामो समय सजाय पनि हुनसक्छ तर उनीहरुले जोखिम मोलेर नै यस्तो घटनालाई अन्जाम दिएका हुन् ।
ति अर्जेन्टिनी समर्थकहरुले गोन्जालो मोन्टिएलको निर्णायक पेनाल्टी पश्चात टपलेस भएर खुशी मनाएको टीवी क्यामेरामा प्रस्टरुपमा देखिएको थियो । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाईरल भइरहेको छ ।
फिफा विश्वकपको आयोजकले कतार विश्वकप हेर्न आउने विदेशी पाहुनाहरुलाई ड्रेसको कोड गरेको थियो । जसअनुसार महिला तथा पुरुषले घाँटीदेखि घुँडासम्म ढाकिने गरि कपडा लगाउनुपर्ने नियम थियो। यो नियम कतारले आफ्नो कानुनी र सांस्कृतिक रितिरिवाजको पालना गर्नको लागि विश्वकपमा लागु गरेको थियो ।
क्याटेगोरी : प्रबिधि, समाचार
ट्याग : #hot 100
प्रतिक्रिया दिनुहोस