किड्स डान्स फिनालेमा रियाना डङ्गोल, भोटको अपिल
नुवाकोटको लिखु गाउँपालिका–६ निवासी रियाना डङ्गोल किड्स डान्स च्याम्पियनसिप २०२६ को ग्रान्ड फिनालेमा प्रवेश गर्न सफल भएकी छन् ।
Jyotikunja Academy मा कक्षा ५ मा अध्ययनरत रियानाले प्रतियोगिताका विभिन्न चरणहरूमा उत्कृष्ट नृत्य प्रस्तुति दिँदै चुनौतीपूर्ण स्टेपहरू पार गरेर अन्तिम प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी हुन् ।

सानै उमेरदेखि नृत्यप्रति रुचि राख्दै आएकी रियानाले आफ्नो प्रतिभा, आत्मविश्वास र मेहनतका कारण निर्णायक तथा दर्शकको मन जित्न सफल भएकी छन् । उनको सफलताले विद्यालय परिवारसँगै लिखु गाउँपालिका वासी सहितलाई पुरै नुवाकोट वासी लाई समेत गौरवान्वित बनाएको छ ।
ग्रान्ड फिनाले नजिकिँदै जाँदा रियानाले आफूलाई विजयी बनाउन दर्शक तथा शुभेच्छुकहरूसँग भोटको अपिल समेत गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनलाई समर्थन गर्दै धेरैले भोट गर्न र सफलताको शुभकामना दिन आग्रह गरिरहेका छन् ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस