कस्ले चोर्यो ५३ लाख ? आरोपितहरुले पाए सफाई, स्थानीयबासी अन्यौलमा
दुई वर्ष दुई महिनाअघि पञ्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालय कविलासबाट हराएको ५३ लाख रूपैयाँ कसले चोरेको भनेर अझै पत्ता लाग्न नसकेपछि स्थानीयबासी अन्यौलमा परेका छन् । नुवाकोट जिल्ला अदालतमा विचाराधीन मुद्धामा प्रतिवादीहरू अर्थात आरोपितहरूले सफाई पाएसँगै रकम कसले चोरेको भनेर थप अन्यौल परेको हो । उक्त रकम हराएको घटनामा पञ्चकन्या गाउँपालिका वडा नं. २ का तत्कालिन वडाअध्यक्ष धव प्रसाद मिश्रको जाहेरीमा तीन जना आरोपित छन् ।
जिल्ला न्यायाधिवक्ता भुसालका अनुसार आरोपितमध्ये कार्यालय सहायक रामकुमार गिरीले झुटो बोलेको पोलीग्राफ पतिवेदनसमेत संलग्न रहेको छ
।
तत्कालिन वडासचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई प्रतिवादी बनाइएको छ । ‘अपराधिक विस्वासघात’ शीर्षकमा जिल्ला अदालतमा मद्दा चलेको सरकारवादी यो मुद्धाले प्रतिवादीहरूले गत वैशाख १३ गतेको फैसलाबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले गरेको अन्तिम फैसलामा अभियोग दावी नपुग्ने उल्लेख गरिएको छ । फैसलाको विस्तृत विवरण सार्वजनिक भएको छैन । फैसलाका पूर्णपाठ आएपछिमात्र के के आधारमा पतिवादीहरूमाथि लागेको अभियोग ्र दाबी नपुग्ने उल्लेख गरिएको थाहा हुने सरकारी वकिल कार्यालयका पम्रख जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले बताए । ‘के आधारमा अभियोग दाबी नपुग्ने भन्ने फैसलाको पूर्णपाठ आएपछि थाह हन्छ । जिल्ला अदालतमा मुद्धा हारेपछि जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालतमा मुद्धा लिएर जाने तयारी थालेको छ । जिल्ला न्यायाधिवक्ता भुसालले फैसलाको पूर्णपाठ आएपछि उच्चमा जाने बताउँछन् । उनले जिल्लाबाट अभियोग दाबी नपग्ने फैसला आउँछ भन्ने नलागेको बताए । रकम हराएको घटनाको आवश्यक बलियो प्रमाणहरू पेश गरेको र अभियुक्त तीन जनाको पोलीग्राफ परीक्षण हुँदा पनि एक जनाले भुटो बोलेको परीक्षण प्रतिवेदन समेत रहेको भुसालले बताए । जिल्ला न्यायाधिवक्ता भुसालका अनुसार आरोपितमध्ये कार्यालय सहायक रामकमार गिरीले झुटो बोलेको पोलीग्राफ पतिवेदनसमेत संलग्न रहेको छ । कार्यविधी कानून अनुसार अदालतबाट फैसला भएको २१ दिनभित्रमा पूर्ण पाठ सरकारी वकिल कार्यालयमा पठाउनु पर्ने व्यवस्था रहेको छ । तर, नवाकोटमा छिटोमा दुई महिना हाराहारीमा पूर्णपाठ आउने प्रचलन रहेको छ । सरकारले अपराधिक विस्वासघातमा मुद्धा चलाएको हो । मलुकी अपराध संहिताको दफा २५२ मा अपराधिक विस्वासघात गर्न नहुने विषय उल्लेख गरिएको छ ।
जिल्ला अदालतले आरोपितहरूलाई सफाई दिएपछि उक्त रकम चोर को हो पत्ता लगाई दिन सरोकारावाला निकायहरूसँग पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादर तामाङले आग्रह गरेका छन् । ‘स्थानीय रूपमा जसको संलग्नता देखिएको हो, प्रहरीले जसलाई रकम चोरीमा संलग्नता भएको प्रमाण जुटाएको छ । उनीहरू अदालतबाट निर्दोष भए’ अध्यक्ष तामाङले भने ‘अब उक्त रकम कसले चोरेको पत्ता लगाई दिन प¥यो । कसले पत्ता लगाई दिने हो ? अदालतले पत्ता लगाईदिने हो कि, पुलिसले पत्ता लगाई दिने हो कि, मन्त्रालयले पत्ता लगाई दिने हो ? गाउँपालिकाले जवाफ पाउन प¥यो ।’
उक्त दफामा उल्लेख गरिएको छ–“आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नो निमित्त पयोग गरेमा वा कुनै प्रकारले रूपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानून विपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा र अर्काको कनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएको व्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रूपमा काम गर्ने व्यक्तिले आफू वा अरु कसैलाई फाइदा पुर्याउनको लागि आफ्नो कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पु¥याएमा’ अपराधिक विस्वासघात गरेको ठहरिने लेखेको छ । यस्तै कसैले अपराधिक विस्वासघात गरेकोमा हुने सजाय पनि उल्लेख गरेको छ । “ कनै संस्थाको व्यवस्थापक, प्रबन्धक कर्मचारी वा पतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनै सम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पु–याइदिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्ने जिम्मा लिएको वा त्यस्तो गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिबाना’ हुने उल्लेख गरिएको छ ।
जिल्ला अदालतले आरोपितहरूलाई सफाई दिएपछि उक्त रकम चोर को हो पत्ता लगाई दिन सरोकारावाला निकायहरूसँग पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादर तामाङले आग्रह गरेका छन् । ‘स्थानीय रूपमा जसको संलग्नता देखिएको हो, प्रहरीले जसलाई रकम चोरीमा संलग्नता भएको प्रमाण जुटाएको छ । उनीहरू अदालतबाट निर्दोष भए’ अध्यक्ष तामाङले भने ‘अब उक्त रकम कसले चोरेको पत्ता लगाई दिन प¥यो । कसले पत्ता लगाई दिने हो ? अदालतले पत्ता लगाईदिने हो कि, पुलिसले पत्ता लगाई दिने हो कि, मन्त्रालयले पत्ता लगाई दिने हो ? गाउँपालिकाले जवाफ पाउन प¥यो ।’ ५३ लाख सरकारी पैसा कार्यालयबाट हराउन भनेको गम्भीर विषय हो । यसलाई राज्यका निकायहरूले पनि गम्भीरतापूर्वक लिएका छन् । तर, अदालतबाट नै आरोपितले सफाई पाएपछि अब ५३ लाखको चोर को हो ? भन्ने प्रश्न पेचिलो बनेको छ । उक्त रकम २०७७ चैत २४ गते राती चोरी वडा कार्यालयबाट चोरी भएको थियो । सामाजिक सरक्षाको रकम ु चोरी भएपछि पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिला तथा दलित बालबालिकाले दुई वर्षअघिको सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । उक्त वडाका ३१४ जना ज्येष्ठ नागरिक, ४७ जना ज्येष्ठ दलित, ७६ जना एकल महिला, ७७ जना विधवा, १२ जना क वर्गको अपांगता भएकाहरू, १७ जना ख वर्गका अपांगता भएकाहरू, ८४ जना दलित बालबालिकाले गत आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिक ( मंसिर–पुस–माघ–फागुन) को सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हन् । वितरणको लागि सदरमुकामको बैंकबाट ल्याएर वडा कार्यालयमा राखिएको सामाजिक सुरक्षा भत्ताको ५० लाख रूपैयाँ र करवापत वडाले संकलन गरेको तीन लाख रूपैयाँ गरी ५३ लाख रूपैयाँ वडा कार्यालय फोडेर २०७७ चैत २४ गते राती चोरी भएको कारण उक्त अबधिको सामाजिक सरक्षा भत्ता अहिलेसम्म वितरण गर्न नसकिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादर तामाङले बताए । चार महिनाको सामाजिक सुरक्षावापतको रकम दिनको लागि पालिकाले आफ्नो स्रोतबाट नसकेकोले उक्त रकम नआएसम्म भत्ता दिन नसकिने पञ्चकन्या गाउँपालिकाले जनाएको छ । घटनामा संलग्न भएको आरोप लागेका तत्कालिन वडा सचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलपसाद मिश्र विरुद्ध अख्तियार्र दरूपयोग अनुषन्धान आयोगले पनि विशेष दालतमा मद्दा दर्ता गराएको छ ।
त्रिशुली खबर बाट शाभार
क्याटेगोरी : देश, समाचार
ट्याग : #bre, #hot, #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस