Techie IT
गृहपृष्ठसमाचारपत्रकार प्रिमेश शिवाकोटीको निधन,

पत्रकार प्रिमेश शिवाकोटीको निधन,


अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता तथा नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीको निधन भएको छ।
चन्द्रपुर नगरपालिका–७ निवासी ३६ वर्षीय शिवाकोटीको मृगौलासम्बन्धी समस्याको उपचारका क्रममा सोमबार बिहान चितवनस्थित नेशनल मेडिकल कलेजमा निधन भएको हो। विगत केही समयदेखि मृगौलाको समस्याबाट पीडित उहाँ उपचाररत हुनुहुन्थ्यो।
पत्रकार शिवाकोटीको असामयिक निधनले रौतहटको पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ। उहाँको निधनप्रति सञ्चारकर्मी, विभिन्न संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वर्गीय शिवाकोटीका परिवारमा श्रीमती र एक छोरी छन्। उहाँको निधनसँगै रौतहटले एक सक्रिय, जुझारु तथा पत्रकारिताप्रति समर्पित सञ्चारकर्मी गुमाएको भन्दै उहाँका सहकर्मीहरूले शोक व्यक्त गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस