Techie IT
गृहपृष्ठसमाचारमहिलाको आत्मनिर्भरताको आधार बन्दै सीपमूलक तालिम, लिखुमा ११ थरीका अचार बनाउने तालिम सम्पन्न,

महिलाको आत्मनिर्भरताको आधार बन्दै सीपमूलक तालिम, लिखुमा ११ थरीका अचार बनाउने तालिम सम्पन्न,


नुवाकोट, लिखु गाउँपालिका–

महिलाहरूलाई सीप, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ। लिखु महिला उद्यमी तथा सामाजिक संस्था, नुवाकोटको आयोजनामा तथा लिखु गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम जेठ १३ गतेदेखि सुरु भई मंगल्वार  समापन भएको हो।
तालिममा लिखु गाउँपालिकाका ६ वटा वडाका २० जना महिलाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीयस्तरमा उपलब्ध कृषि उपजको प्रयोग गरी ११ थरीका अचार बनाउने व्यावहारिक सीप हासिल गरेका छन्।


तालिमले आफूहरूलाई नयाँ सीप सिक्न र आत्मविश्वास बढाउन सहयोग पुगेको सहभागी सङिता राइले बताउनुभयो। उहाँले अब सिकेको सीपलाई व्यवसायिक रूपमा अघि बढाउन गाउँपालिकाले अचार बिक्रीका लागि बजारको व्यवस्था गरिदिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनका लागि कोसेली घर निर्माण गरिदिनुपर्ने माग गर्नुभएको छ बाइट …..


कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सुबद्रा अधिकारीले महिलाहरूको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमहरू प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै घरेलु उद्योग तथा साना उद्यममार्फत आयआर्जन बढाउन सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। बाइट….
प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले गाउँपालिकाले उत्पादनमुखी तथा सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके यसले परिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। बाइट ….
त्यस्तै वडा नं. ३ का वडा अध्यक्ष सिताराम पुलामी मगरले स्थानीय स्रोत र सम्भावनाको उपयोग गर्दै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाहरूले उत्पादन गरेका वस्तुको बजारीकरणमा स्थानीय तहले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। बाइट ….
आयोजक संस्था लिखु महिला उद्यमी तथा सामाजिक संस्थाकी अध्यक्ष तुलसा नेपालले महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले तालिमबाट प्राप्त सीपलाई आयआर्जनसँग जोड्न सके महिलाहरूको जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सहभागी महिलाहरूले तालिमबाट सिकेका विभिन्न प्रकारका अचारको प्रदर्शनी समेत गरेका थिए। तालिमले महिलाहरूमा उद्यमशीलता विकास गर्नुका साथै स्थानीय उत्पादनको मूल्य अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तार गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस