Techie IT
गृहपृष्ठसमाचारमादलको तालसँगै जोगिँदै मगर संस्कृतिको पहिचान

मादलको तालसँगै जोगिँदै मगर संस्कृतिको पहिचान


माघे सङ्क्रान्ति मगर समुदायको अत्यन्त महत्वपूर्ण सांस्कृतिक पर्व हो ।

यस पर्वले नयाँ वर्षको सुरुवात, नयाँ आशा, आपसी सद्भाव र सामूहिक एकताको सन्देश बोकेको हुन्छ । उक्त दिन बिहानैदेखि मगर समुदायका परिवार, आफन्त तथा इष्टमित्रहरू एकै ठाउँमा भेला हुने गर्दछन् । मिष्ठान्न परिकार तयार गरी सामूहिक भोज खाने, शुभकामना आदानप्रदान गर्ने तथा रमाइलो गर्ने परम्परा रहि आएको छ ।

लिखु गाउँपालिका वडा नम्बर २ का मगर समुदायले भने मारुनी नाचलाई विशेष प्राथमिकता दिएर माघे सङ्क्रान्ति पर्व मनाउने गर्दछन् । यस नाचले मगर समुदायको इतिहास, जीवनशैली, प्रेम, पीडा, वीरता, सामाजिक सम्बन्ध तथा गाउँघरको वास्तविक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्ने गर्दछ ।

मारुनी नाचमा केवल नृत्य मात्र हुँदैन, यसमा हास्यव्यंग्य, संवाद, अभिनय र सांगीतिक प्रस्तुति पनि मिसिएको हुन्छ । मारुनी नाचलाई मनोरञ्जनसँगै सामाजिक चेतना र सांस्कृतिक अभिव्यक्तिको माध्यमका रूपमा पनि लिइन्छ ।

यस नाचमा मादल, झ्याली, ट्याम्को, बाँसुरी लगायतका बाजाहरू प्रयोग गरिन्छ । गीतका शब्दहरूमा गाउँघरको जीवन, प्रेम, विछोड, दुःख–सुख, हास्यव्यंग्य तथा सामाजिक यथार्थ झल्किने गर्छ । मगर समुदायको मौलिक पहिचान र सांस्कृतिक धरोहर संरक्षण गर्ने उदेस्यको साथ लिखु गाउँपालिका वडा नम्बर २ का मगर समुदायले माघे सङ्क्रान्तिमा मारुनी नाचलाई विशेष प्राथमिकता दिने गरेका छन् । बदलिँदो समय, आधुनिकता र प्रविधिको प्रभाव बढ्दै गए पनि यस्ता परम्परागत नाचहरूले पुस्तौंदेखिको भाषा, कला, संस्कार र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका रहेको छ ।

यही संस्कृति र परम्परालाई संरक्षण गर्न लिखु गाउँपालिका वडा नम्बर २ अन्तर्गत साविक खानिगाउँका युवा तथा मगर समुदाय सक्रिय रूपमा लागिपरेका छन् । पछिल्लो समय हराउँदै जान थालेको मारुनी नाचलाई जोगाउन स्थानीय युवाहरूले नयाँ पुस्तालाई नाच सिकाउने, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तथा माघे सङ्क्रान्तिमा सामूहिक रूपमा मारुनी नाच प्रस्तुत गर्ने कार्यलाई निरन्तरता दिएका छन् । शेर बहादुर थापामगर संस्कृति जोगिए मात्रै समुदायको पहिचान जोगिने भएकाले युवापुस्तालाई परम्परासँग जोड्ने प्रयास लिखु गाउँपालिकाले गरिरहेको छ । गाउँका युवाहरू राति भेला भएर मादलको तालमा अभ्यास गर्ने, पुराना भाका संकलन गर्ने र अग्रज पुस्ताबाट संस्कृति सिक्ने काममा समेत जुटिरहेका छन् । स्थानीय तह मार्फत थप हौसला मिलिरहेको छ । मगर काका गाउँघरमा युवा पुस्ता नै मारुनी नाचको अभ्यास गर्ने, बाजागाजा बजाउने र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने कार्यमा सक्रिय देखिन थालेका छन् । यसले मगर समुदायको कला र संस्कृतिलाई भविष्यसम्म सुरक्षित राख्ने विश्वास बढाएको छ । मारुनी नाच संरक्षण र प्रवद्र्धनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । वडा अध्यक्ष यसरी माघे सङ्क्रान्तिमा प्रस्तुत गरिने मगर समुदायको मारुनी नाच नेपाली लोकसंस्कृतिको अमूल्य सम्पदा हो । यसले हाम्रो समाजको विविधता, मौलिकता, परम्परा र सांस्कृतिक सौन्दर्यलाई उजागर गर्नुका साथै पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको नेपाली पहिचानलाई जीवन्त राख्ने काम गरिरहेको छ ।




क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस