रास्वपा सूर्यगढी गाउँपालिका नेतृत्वमा राजु गिरी सर्वसम्मत चयन
नुवाकोट, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यगढी गाउँपालिकाको प्रथम अधिवेशनले राजु गिरीलाई गाउँपालिका समितिको सभापतिमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनबाट उपसभापतिमा तुल्सा वाग्ले अधिकारी, सचिवमा रमेश लामा, सहसचिवमा सिताराम गिरी तथा कोषाध्यक्षमा भुवन मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नामराज गिरी, सावित्री न्यौपाने, सविन लामिछानेलगायत चयन भएका छन् ।

सूर्यगढी गाउँपालिकामा सम्पन्न अधिवेशनमा विभिन्न तहका नेता, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी भएका थिए । त्यस्तै बागमती प्रदेश सभापति डा. अच्युतम लमिछाने, केन्द्रीय सदस्य मधुसूदन ढकाल, महामन्त्री सुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेललगायत केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनले पार्टी संगठनलाई गाउँस्तरसम्म सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने प्रतिबद्धता व्यक्त गरेको छ । साथै अधिवेशन सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, निर्वाचन समिति, प्रतिनिधि, पार्टी सदस्य, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गरिएको छ ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस