Techie IT
गृहपृष्ठसमाचाररास्वपा लिखु गाउँपालिकाको प्रथम अधिवेशनमा विष्णुकुमार श्रेष्ठ निर्वाचित

रास्वपा लिखु गाउँपालिकाको प्रथम अधिवेशनमा विष्णुकुमार श्रेष्ठ निर्वाचित


नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ गाउँपालिका सभापतिमा निर्वाचित भएका छन् ।
सभापति पदका लागि प्रारम्भमा चार जनाले दाबी प्रस्तुत गरे पनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि दिलिप गौतम र विष्णुकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।


अधिवेशनमा कुल १ सय १ मत खसेकोमा श्रेष्ठले ६८ मत प्राप्त गर्दै विजयी बने भने उनका प्रतिस्पर्धी गौतमले ३३ मत प्राप्त गरेका थिए । श्रेष्ठले गौतमलाई दोब्बरभन्दा बढी मत अन्तरले पराजित गरेका हुन् ।
बाकी पदाधिकारी भने सर्वसम्मत भएका हुन ।
अधिवेशनपछि नवनिर्वाचित सभापति श्रेष्ठले पार्टीलाई गाउँस्तरसम्म सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र युवाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस