Techie IT
गृहपृष्ठविचार / ब्लगनुवाकोटमा विकल्प होइन, अब नेतृत्व परिवर्तन

नुवाकोटमा विकल्प होइन, अब नेतृत्व परिवर्तन


शिवराज लामिछाने
(जिल्ला सचिव)
राष्ट्रिय स्वतन्त्र पार्टी, नुवाकोट ।
नुवाकोट जिल्लाको आगामी निर्वाचन राजनीतिक रूपमा अत्यन्तै विशेष र ऐतिहासिक बन्ने संकेत देखिएको छ। विगतका निर्वाचन परिणाम, जनताको बढ्दो असन्तुष्टि र परिवर्तनप्रतिको स्पष्ट चाहनाले यस पटकको चुनाव परम्परागत शक्ति संरचनाभन्दा फरक दिशातर्फ जाने देखिन्छ।
नुवाकोटमा कुल ८८ वटा वडा र १२ वटा पालिका रहेका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ४५ वटा वडा र ७ वटा पालिका समेटिएका छन् भने क्षेत्र नम्बर २ मा २ वटा नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन्। यी सबै क्षेत्रमा जनताले अब पुरानो शैलीको राजनीति होइन, पारदर्शी, उत्तरदायी र परिणाममुखी नेतृत्व खोजिरहेका छन्।
विगतमा लामो समय शासनमा रहेका पुराना दलहरूले विकास, सुशासन र रोजगारीका सवालमा अपेक्षित परिणाम दिन नसकेको तथ्य सर्वविदित छ। आज जिल्लाका धेरै बुथहरूमा परम्परागत दलहरूले आफ्नो आधार कमजोर भएको यथार्थ स्वीकार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पाँच वटा बुथमा समेत स्पष्ट रूपमा मत जित्न कठिन हुने परिस्थिति उनीहरूकै विगतको कार्यशैलीको परिणाम हो।
राष्ट्रिय स्वतन्त्र पार्टी भने वैकल्पिक शक्ति मात्र होइन, अब प्रमुख राजनीतिक शक्ति बन्ने दिशामा अग्रसर छ। पार्टीको संगठनात्मक संरचना वडा तहसम्म सुदृढ बन्दै गएको छ। युवाशक्ति, पेशाकर्मी, व्यवसायी, किसान तथा सचेत नागरिकहरूको उल्लेखनीय सहभागिताले हाम्रो अभियानलाई बलियो बनाएको छ।
क्षेत्र नम्बर १ र २ दुबै क्षेत्रमा हाम्रो तयारी योजनाबद्ध, तथ्यमा आधारित र परिणाममुखी छ। प्रत्येक वडामा जिम्मेवारी बाँडफाँट, मतदाता सम्पर्क, घरदैलो कार्यक्रम, नीति–कार्यक्रमको स्पष्ट प्रस्तुति तथा सुशासनप्रतिको प्रतिबद्धतासहित हामी चुनावी मैदानमा उत्रनेछौं।
हामी दाबीका साथ भन्न सक्छौं—यस पटक नुवाकोटमा परिवर्तनको पक्षमा जनलहर सिर्जना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा निर्णायक जीत हासिल गर्ने आधार तयार भइसकेको छ।
नुवाकोटको भविष्य अब पुराना नारामा होइन, नयाँ दृष्टिकोण, इमान्दार नेतृत्व र कार्यान्वयन क्षमतामा निर्भर रहनेछ। जनताले सही निर्णय गर्नेछन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं।


क्याटेगोरी : विचार / ब्लग


प्रतिक्रिया दिनुहोस