स्वर्ग जाने बाटोको कथा
“हिँडे देखि छेऊ लाग्छ बसे लेहुँ लाग्छ” भनेझैं जब हिडीन्छ जीवन र जगत को प्रत्यक्ष्य अनुभव गर्न पाइन्छ। बाइक मा ढिकुरे हुँदै पासाङ्गलामु राजमार्ग गंगटे भन्ने ठाउँ बाट छिचोल्दै करिब ३ घण्टा जति को यात्रा बाट धुन्चे पुगियो, आफ्नै कार्यालय का सरहरु को मिठो आतिथ्यमा धुन्चे बजार मा बिहानको खान खाइयो । केही बुझेको, केही सुनेको आधार मा ट्रेकिङ् का लागि आवश्यक बन्दोबस्त गरी बिहान को करिब ११ बजे धुन्चे बजार देखि घट्टे खोला हुँदै यात्रा तय गर्ने तरखर गर्दै थियौ, गेट मै निशुल्क स्वास्थ्य परामर्श सँगै आवश्यक औषधि वितरण,ठूलो आवाज सहित स्पिकर मा बजेका महत्वपूर्ण हट लाइन फोन नम्बर हरु, आकस्मिक सेवा लिग्न आग्रह गर्दै गरिरहनु हुने राष्ट्र सेवक हरु देखेसि झनै मन मा आनन्द र सुरक्षित यात्रा को महसुश भयो । स्थानीय सरकार ले राजश्व आम्दानी लाई आत्मसाथ गर्दै त्यो गोरेटो बाटो सँगै बनाएको थुर्पु (अर्थात् कटेरो)सँगै राखिएको थुर्पु नम्बर, थुर्पु भित्रै पाकेका लोकल परिकार हरु, बाटो कै छहारी भित्र को हल्का चिसोले उत्ताउलो बनेको वातावरण अनि चराचुरुंगीहरुको चिर्बिराहट, झ्याउँकिरीहरुको लयात्मक संगीत अनि तामे ढुकुर झैं देखिने प्रेमील जोडीहरुको फिरफिराहट, त्यो गोरेटो पनि साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैं प्रतीत हुन्थ्यो अनि क्यामरा मा कैद गर्न कोसिस गरिन्थ्यो तर सकिदैनथ्यो किन भने मन भित्र का उत्औंलो मज्जा कति कैद गर्न सकिन्थ्यो र ! करिब ३ घण्टा को नाक को डाडि छुने उकालो हिँडाइ बाट देउराली पुगेसी केही तेर्सो सजिलो बाटो पार गरी चण्दनबारी हुँदै फेरि उकालो यात्रा तय गर्दै चोलाङपाटी मा साँझ बास् बस्यौँ । धुन्चे पछि को त्यो ८ घण्टा को यात्रा साच्चिकै जीवन र जगत लाई दृष्यहरु, अवस्था हरु को एकमुष्ट रसास्वादन गर्न सुवर्ण अवसर का रूपमा पाएको महसूस भयो । एकै दिन धेरै ट्रेकर्स हरु हिँडडुल गरेका कारण हामी कुनै एक हल जस्तै लामो थुर्पु अर्थात् कटेरो मा बास बस्यौ। म भने आँखा झिमिक्क पनि गर्न सकिनँ, बिहान को करिब २ बजे नै हामी लौरी र मोबाइल को उज्यालो को साहयता ले बिस्तारै – लौरी बिनाको उकालो- बुद्ध मन्दिर हुँदै बिहान को चिसो-चिसो हावा सँगै खुलेको आकाश, लाङ्टाङ हिमाल का दृश्य, धुन्चे बजार को दृश्य र कुइरो लुकामारी खेले झै गरी लुटपुटिन थालेको दृश्य अचम्मै मनमोहक लाग्यो, सरस्वती कुण्ड(जहाँ नेपाल को झन्डा जस्तै आकृति पनि देख्न सकिन्छ), भैरब कुण्ड को आगमन संगै अघायर निदाइरहेको काखे बच्चा जस्तै गरी ढुंगा हरु पहाड का काखी मा च्यापेर बसेको त्यो मनमोहक दृश्य, आँखा भरी का डाँडा हरु मा भुइँ भरी फुलेका हरेक रंग का फूल हरु साँच्चै लालायित हुँदै हुँदै झण्डै सात घन्टाको हिंडाइपछि जब आँखै अगाडि साक्षात रुपमा वर्षौंदेखि मानसपटलमा सजिएको गोसाइँकुण्ड जीवन्त दृष्य देखियो, कुण्ड मा स्नान गरेपछि यात्राका सबै दुःखकष्टहरु कपास बनेर हावामा उड्न थाले,यात्राको थकानले भारी भएको शरीर बेलुनझैं आकाशमा उडेको प्रतीत हुन थाल्यो । केहीबेर निःशब्द भइयो । बस् केही क्षणका लागि सबै कुरा बिर्सिइयो किनकि आफ्नो आँखैमा थियो वर्षाैंको सपना कुण्ड, अर्थात् धर्तीको स्वर्ग गोसाइँकुण्ड ।
क्याटेगोरी : विचार / ब्लग
प्रतिक्रिया दिनुहोस