टिपरको ठक्करबाट तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको मृत्यु
टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन ।
नुवाकोटको लिखु गाउपालिका वडा नं ५ अमिलबोटमा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । शनिबार राति ना ८ ख ५७९१ नम्बरको टिपर्को ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको बताईएको छ ।
टिपरको ठक्करबाट मृत्यु हुनेमा तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेल रहेका छन् । दुर्घटनामा नमराज रोक्का र प्रकाश पाठक गम्भीर घाइते भएका छन । उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत थिए ।
घर नजिक सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर कुराकानी गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन। टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र चालक फरार रहेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दोषीमाथि कारबाहीको माग गरिरहेका छन । पिडित पक्षलाई उचित क्षतीपुर्ति नमिले सम्म बाटो नखुल्ने स्थानियहरुले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot 100
प्रतिक्रिया दिनुहोस