खोलाले बगायो १८ हजार कुखुरा
गए रातीको भएको बर्षातको कारणले आएको बाढी कुखुराको खोर (टहरा)भित्र पस्दा लिखु गाउपालिका वडा नं ६ मा १८ हजार भन्दा बढी कुखुरा मरेको छ ।
फार्म भन्दा केही माथी रहेको ड्याममा पहिरो गएर खोला थुनिएपछि भत्कदा धान खेत मास्दै कुखुराको खोर भित्र छिरेको हो । राती १० बजे तिर छिरेको खोलाले जयराम बानियाको १८ हजार भन्दा बढी कुखुरा मारेको छ ।
बिगत ५ बर्ष देखि उज्जवल लक्ष्मी कृषि फार्म नाम गरेर बानियाले कुखुरा फार्म संचालन गरिरहेका थिए । ४५ दिन नाघेका १८ हजार भन्दा बढी कुखुराहरु बाढी पसेर मरे पछि आफुलाई १ करोड भन्दा बढी नोक्सानी भएको बानिया बताउनुहुन्छ ।
बानिया बिगत ५ बर्ष देखि कुखुरा पालन ब्यवसायमा आबद्द हुनुहुन्छ । बानियाको कुखुरा संगै हिजो झारेको १ मिनि ट्रक कुखुराको दाना पनि बाढीले बगाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking, #hot
प्रतिक्रिया दिनुहोस