Techie IT
गृहपृष्ठअन्तरास्ट्रियविश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ

विश्वले नयाँ बहुध्रुवीय व्यवस्थाको स्थिर विकास खोजेको रुसी राष्ट्रपति पुटिनको भनाइ


रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास खोजेको बताउनुभएको छ ।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले अहिले धेरैजसो देश आफ्नो सार्वभौमसत्ता दाबी गर्न, आफ्नो राष्ट्रिय हित तथा परम्परा र संस्कृतिको रक्षा गर्न केन्द्रित रहेका बताउनुभयो ।

उहाँले बहुध्रुवीय विश्व व्यवस्थाले स्थिर र दिगो विश्वव्यापी विकासमा योगदान पुर्‍याउने र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीको समाधान गर्न मद्दत गर्ने बताउनुभयो ।

उहाँले युक्रेनमा अर्बौँ डलर लगानी गर्दै कीएभलाई उपकरण आपूर्ति गरेर पश्चिमी देशहरुले द्वन्द्वलाई अझ चर्काउँदै लगेको आरोप समेत लगाउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


क्याटेगोरी : अन्तरास्ट्रिय


प्रतिक्रिया दिनुहोस